
नेपालगन्ज । नेपाली कांग्रेसका महामन्त्री गगन थापा भोलि शनिबार नेपालगन्ज आउँदै हुनुहुन्छ ।
पेशागत तथा बुद्धिजीवी विभाग नेपाली कांग्रेस र नेपाल डेमोक्याट्रिक लयर्स एशोसियसनले आयोजना गर्न लागेको ‘संविधान संशोधन : आवश्यकता र चुनौती’ विषयक लुम्बिनी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्न उहाँ नेपालगन्ज आउन लाग्नु भएको हो ।
भोलि शनिबार बिहान ११ बजेदेखि भेरी प्राविधिक शिक्षालयमा उक्त कार्यक्रम हुन लागेको बुद्धिजीवी विभाग प्रदेश अध्यक्ष लक्ष्मण पन्थीले जानकारी दिनुभयो ।
उक्त कार्यक्रममा महामन्त्री थापा प्रमुख अतिथीका रुपमा रहनुहुनेछ । कांग्रेसका चर्चित युवा नेतासमेत रहनुभएका महामन्त्री थापालाई स्वागत गर्न नेपालगन्ज बिमानस्थलमा भब्य स्वागत गर्ने तयारी गरिएको छ ।
महामन्त्री थापालाई बिमानस्थलमा स्वागत गरिसकेपछि मोटरसाईकल ¥यालीसहित नेपालगन्जको भेरी प्राविधिक शिक्षालयसम्म ल्याउने कार्यक्रम रहेको पन्थीले बताउनुभयो ।






