
नेपालगन्ज । महिलाहरुको सौन्दर्य लक्षित नेपालगन्जको न्यूरोडमा ग्लाम ब्यूटी बार संचालनमा आएको छ । बढ्दो सौन्दर्यताका गरिने मेकअप सम्बन्धि सेवाहरु प्रदान गर्न नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ को भानुभक्त चोक नजिकै ग्लाय ब्यूटी बार संचालन भएको हो ।
करिब २० लाख रुपैया लागतमा ब्यूटी बार संचालन गरिएको संचालक अरुणा शाही मल्लले जानकारी दिनुभयो । शुक्रबारदेखि औपचारिक रुपमा संचालनमा आएको बारको संचालक मल्लका सासु ससुरा बागदल मल्ल र रजनी मल्लले रिवन काटेर उद्घाटन गर्नुभएको थियो । ब्यूटी बारले मेकअप सम्बन्धि सबै सेवाहरु प्रदान गर्ने संचालक मल्लले बताउनुभयो ।
सौन्दर्य सम्बन्धि गुणस्तरीय नाम चलेका कम्पनीहरुको सामानहरु पनि ब्यूटी बारमा उपलब्ध रहेको छ । पछिल्लो समय बैदेशिक रोजगारमा जाने महिला पुरुषको संख्या बढेकोप्रति चिन्ता व्यक्त गर्दै संचालक मल्लले एक/दुई जनालाई भएपनि स्थानीयस्तरमा रोजगारी दिन सकिने बताउनुभयो ।
मल्लले यसअघि पनि नेपालगन्जका विभिन्न ठाउँमा व्यवसायीक स्टलमार्फत सौन्दर्य सम्बन्धि सेवाहरु प्रदान गर्दै आउनुभएको छ । उहाँले यो सेवा स्टलले पनि सेवाग्राहीको विश्वासलाई कायम गर्नेमा विश्वास व्यक्त गर्नुभयो ।





