नियन्त्रित अवैध मदिरा नष्ट

नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्जबाट अवैध मदिरा नियन्त्रणमा लिएर नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार नेपालगन्जबाट अवैध मदिरा नियन्त्रणमा दिएर शुक्रबार नष्ट गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक याम बहादुर मल्लले नेपालगन्ज वडा नम्बर २० को नयाँबस्तीबाट घरेलु मदिरा नियन्त्रणमा लिएर नष्ट गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रहरीले फागुन १५ गते सो मदिरा नियन्त्रणमा लिएको हो । नयाँ बस्तीबाट करिव २ सय ७० लिटर अबैध घरेलु मदिरा नियन्त्रणमा लिएर शुत्रबार प्रहरी कार्यालय परिसरमा नै नष्ट गरिएको छ ।

Previous articleसौन्दर्य लक्षित नेपालगन्जमा ‘ग्लाम ब्यूटी बार’ संचालन
Next articleसुर्खेती समाजद्वारा आश्रममा स्वास्थ्य शिविर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here