सुर्खेती समाजद्वारा आश्रममा स्वास्थ्य शिविर

नेपालगन्ज । सुर्खेती समाज बाँकेले नेपालगन्ज सुर्खेतरोडमा रहेको मानव सेवा आश्रममा निःशुल्क स्वास्थ्य सेवा प्रदान गरेको छ । समाजले शुक्रबार सुर्खेतरोडको आदर्शनगरमा रहेको आश्रम परिसरमा निःशुल्क स्वास्थ्य परिक्षण शिविरको आयोजना गर्दै आश्रित व्यक्तिहरुको स्वास्थ्य परिक्षण गरी सेवा प्रदान गरेको हो ।

समाजका अध्यक्ष एवं कार्यक्रमका अध्यक्षसमेत रहनुभएका पूर्ण प्रसाद ढकालले मानवताको सेवा सर्वोत्तम सेवा भएको तथा कमै गर्न सक्ने सेवा आश्रमले दिएकोमा आभार व्यक्त गर्नुभयो । उहाँले आगामी दिनमा यसरी नै आवश्यक कुराहरुमा सहयोग समन्वय रहने बताउनुभयो ।

आश्रममा बस्ने व्यक्तिहरुलाई सहयोगको आवश्यकता हुने र यस्तो अवस्थामा बसेकाहरुलाई सक्ने सबैले सहयोग गर्नुपर्ने अध्यक्ष ढकालको भनाई छ । उहाँले कुनैपनि कार्यक्रम तथा उत्सव गर्दा आश्रममा आएर गर्दा यहाँ बस्नुभएका आश्रितको मनमस्ष्तिकमा सकारात्मक उर्जा थप्ने धारणा राख्नुभएको थियो ।

यस्तै समाजका उपाध्यक्ष राजाराम सुवेदीले आफूहरुको सानो सहयोगलाई आश्रमले ग्रहण गरेकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा आँखा सम्बन्धि शिविर संचालनका लागि आफ्नो प्रयास रहने बताउनुभयो । आश्रममा आँखा सम्बन्धि समस्या रहेको महसुस भएकोले यो सम्बन्धि शिविर संचालन गर्न समन्वय सहकार्य गरेर संचालनका लागि सक्रियता रहने कार्यक्रमका संचालक तथा समाजका सचिव याम नारायण पौडेलले बताउनुभयो ।

सो क्रममा आश्रमकी सहसंयोजक बिष्णु घर्तिमगरले समाजको सहयोगप्रति आभार ब्यक्त गर्नुभयो । उहाँले सम्पूर्ण आम समुदायको निरन्तर सहयोग रहँदै आएको र भोलिका दिनमा पनि सहयोग रहनेमा आशा रहेको बताउनुभयो । कार्यक्रममा जनसेवा फार्मेसी र चिरायु डाइगोनोष्टिक नेपालगन्जले प्राविधिक तथा मनकामना रेष्टुरेण्ट र न्यू भगवती होटल एण्ड लजले खाजा सहयोग गरेका छन् ।

स्वास्थ्य परिक्षणका साथै आवश्यक औषधी पनि सबैलाई निःशुल्क वितरण गरिएको समाजका उपाध्यक्ष सुवेदीले बताउनुभयो । कार्यक्रममा उपाध्यक्ष गिता मल्ल, उपसचिव पुस बहादुर खत्री र लालिमा मल्ल, सदस्य कृष्णा सापकोटा, जिल्ला प्रहरी कार्यालय बाँकेबाट गंगा सेढाई लगायतको उपस्थिति रहेको थियो ।

Previous articleनियन्त्रित अवैध मदिरा नष्ट
Next articleप्रजातान्त्रिक उद्योगी व्यवसायी संघले ग¥यो दर्जनबढीलाई सम्मान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here