
नेपालगन्ज । प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ बाँकेले एक दर्जनबढीलाई सम्मान प्रदान गरेको छ । संघले नेपालगन्जमा शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै जिल्लाका एक दर्जन बढी व्यक्तित्वलाई सम्मान प्रदान गरेको हो ।
बधाई, सम्मान तथा व्यवसाय उत्प्रेरणा कार्यक्रमको आयोजना गर्दै संघले कोहलपुर उद्योग वाणिज्य संघमा नव निर्वाचित पदाधिकारी एवं सदस्यहरु, नेपाल पत्रकार महासंघ महासंघ लुम्बिनी, महासंघ बाँकेका निर्वाचित पदाधिकारी सदस्य एवं केन्द्रीय परिषद सदस्य, लुम्बिनी प्रदेश परिषद सदस्य र नेपाल बार परिषद सदस्यमा निर्वाचित पदाधिकारीलाई बधाई तथा सम्मान प्रदान गरेको छ । सो क्रममा बिशेष सम्मान स्वरुप जडिबुडी व्यवसायी संघ बाँकेका अध्यक्ष टंक प्रसाद शर्मालाई सम्मानित गरिएको छ ।
उद्योग तथा व्यवसायको क्षेत्र, विभिन्न ठाउँहरुमा गर्नुभएको नेतृत्वदायी भूमिका र उहाँको लगनशीलताको कदर गर्दै शर्मालाई बिशेष सम्मानबाट संघले सम्मानित गरेको हो । यस अवसरमा कोहलपुर उद्योग वाणिज्य संघका पदाधिकारी, नेपाल प्रेस युनियनका वरिष्ठ केन्द्रीय उपाध्यक्ष प्रेम केसी, पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाई, प्रदेश सदस्य निर्मल आचार्य, पार्षद मोहम्मद अरशद शेष राई, महासंघ बाँकेका अध्यक्ष नवीन गिरीसहितको कार्यसमितिलाई कदरपत्र तथा दोसल्ला प्रदान गर्दै सम्मान गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथि नेपाली काँग्रेस बाँकेका जिल्ला सभापति नारायण प्रसाद गौडेल, संघका बाँके अध्यक्ष संजय थापा, कांग्रेस जिल्ला उपसभापति अधिकारी, वरिष्ठ उद्योगपति प्रतिप छाछेड लगायले सयुंक्त रुपमा सम्मान गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि कांग्रेस बाँकेका सभापति गौडेलले व्यवसायीको हितका लागि कांग्रेस सधै साथमा रहेको प्रतिवद्ध रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘नेपालगन्ज शहर औद्योगिक शहर हो, यहाँ थुप्रै सम्भावनाहरु छन, अतः यसका लागि हामी सबै एक भएर व्यवसायीक हित सम्बन्धि नीति निर्माणका लागि छलफल बहस गर्नुपर्छ, त्यसका लागि कांग्रेस व्यवसायीहरुको पक्षमा छ ।’ कांग्रेस बाँकेका उपसभापति अधिकारीले सरकारले व्यवसायमा समस्या ल्याउने कानुन संशोधन गरेर व्यवसाय सहजरुपमा गर्ने वातावरण बनाउनु पर्ने बताउनुभयो ।
कोहलपुर उद्योग वाणिज्य संघका अधयक्ष प्रदिप भटराइले वर्तमान देशको आर्थिक अवस्था चिन्ताजनक रहेको बताउँदै देशको आर्थिक अवस्थालाई सुधार गर्नुपर्ने दायित्व प्रजातान्त्रिक उद्योगी व्यवसायीहरुको काँधमा आएको बताउनुभयो । कार्यक्रममा प्रशिक्षक रविकिरण श्रेष्ठले उद्योग व्यपाारमा सकारात्मक सोच ल्याउदाँ सफलता प्राप्त गर्न सकिने बताउँदै उपस्थित सम्पुर्णलाई उत्प्रेरणात्मक प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा प्रेस युनियन केन्द्रीय वरिष्ठ उपाध्यक्ष केसी, पत्रकार महासंघ लुम्बिनीका अध्यक्ष चौलागाई, महासंघ बाँकका अध्यक्ष गिरी, नेपाल कानुन व्यवसायी परिषद सदस्य ईश्वरी ज्ञवाली, संघका प्रवक्ता मख्खन धामी, संघ नेपालगन्ज उपमहानगरपालिका नगर अध्यक्ष शिव प्रसाद दाहाल, होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ बाँकेका अध्यक्ष गोपाल गिरी, वरिष्ठ उद्योगपति छाछेड लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण संघका सचिव हिमनाथ पौडेलले गर्नुभएको थियो ।





