प्रधानमन्त्रीलाई मेयर बालेनले भन्नुभयो, ‘मलाई हराउने ताकमा देशलाई चै नडुबाउनुस्’

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले संघीय सरकारले भोको पेट मारेर आफूलाई हराउन खोजेको आरोप लगाउनुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै बालेनले सामाजिक सञ्जालमा पोस्ट राख्दै युस्तो आरोप लगाउनुभएको हो । उहाँले आफूहरू मदन भण्डारीकै सपना पूरा गर्न हिडेको मान्छे रहेको बताउनु भएको छ ।

‘प्रधानमन्त्रीज्यु, भोको पेट मारेर मलाई हराउन खोज्नु भाकोछ, मेयर बालेनले भन्नु भएको छ, हामी त तपाईंकै मदन भण्डारीको सपना पुरा गर्न हिडेको मन्छे !!’

मेयर शाहले प्रधानमन्त्री ओलीलाई आफूलाई हराउने दाउ देशलाई नडुबाउन सुझावसमेत दिनुभएको छ । ‘मलाई हराउने ताकमा, देशलाई चै नडुबाउनु होला !!’ उहाँले लेख्नुभएको छ ।

Previous articleप्रजातान्त्रिक उद्योगी व्यवसायी संघले ग¥यो दर्जनबढीलाई सम्मान
Next articleकर्णालीमा नमुना विद्यालय कार्यक्रम लागू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here