‎१ करोड लागतमा आर एण्ड बी इलेक्ट्रो मार्टको शाखा बिस्तार

नेपालगन्ज । आर एण्ड बी इलेक्ट्रो मार्टले थप एक नयाँ शाखा सञ्चालनमा ल्याएको छ । ग्राहकको माग बढेसँगै मार्टले शाखाका रूपमा नेपालगन्जको सुर्खेतरोडमा एलजी शोरूम सञ्चालनमा ल्याएको हो ।

‎विगत ७ वर्षदेखि घरवारीटोलमा मार्टले इलेक्ट्रोनिक्स सामानहरू बिक्री वितरण गर्दै आएको छ । घरवारीटोल पसलमा ग्राहक आउँदा एलजी इलेट्रोनिक्स सामानको माग धेरै बढेपछि थप शाखा खोल्न उत्प्रेरित भएको मार्टकी प्रोप्राइटर अस्मिता रिजालले बताउनुभयो । उहाँले ग्राहकलाई सामान बिक्री मात्र नभए पछि पनि चाहिने सेवामा कुनै कञ्जुस्याई नगर्ने प्रतिबद्धता जाहेर गर्नुभयो ।

प्रोप्राइटर रिजालले एलजीको सम्पूर्ण होम अप्लाइन्सेस जस्तै टिभि, फ्रिज, एसी, वासिङ्ग मेसिनलगायत इलेक्ट्रोनिक्स सामानहरू उपलब्ध रहेको बताउनुभयो । मार्टमा २५ हजार भन्दामाथिका एलजी सामान खरिदमा ईएमआईको व्यवस्था गरिएको छ ।

मार्टका अर्का संचालक भानु रिजालले शोरुममा आगामी चैत्र ९ गतेसम्म १५ हजार भन्दा बढीको खरिदमा हात खाली नजाने स्पिन एण्ड वीनको व्यवस्था रहेको बताउनुभयो । “एलजीको सामान खरिद गर्दा कम्पनीले दिने वारेन्टी सेवा त छदै छ, अन्य होम सर्भिस सेवा पनि उपलब्ध छ, संचालक भानुले भन्नुभयो, यसले गर्दा ग्राहकले ठूलो सामानहरूको सर्भिसमा घरमै सेवा पाउनुहुनेछ ।”

‎मार्टमा एलजीका पुराना सामान ल्याएर इन्जिनियरद्वारा मूल्यांकन गरी नयाँ समानसंग एक्सचेन्ज पनि गर्न संचालक भानु बताउनुभयो । करिब १ करोड लागतमा संचालन भएको मार्टको शनिबार नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामीले उद्घाटन गर्नुभएको थियो ।

Previous articleनेपालगन्जमा ६ जना महिला सम्मानित
Next articleमधुवन नगरपालिका वडा नम्बर ४ बाल विवाहमुक्त घोषणा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here