दशाैं डाँफे कप फुटबल प्रतियोगिता सुरू, उद्घाटन खेलमा आयेजक बिजयी

खजुरा । बाँकेको खजुरामा शनिबारदेखि सुरु भएको दशौं डाँफे कप नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक न्यु डाँफे क्लव टिम बि बिजयी भएको छ ।

खजुरा गाउँपालिका वडा नम्बर ४ स्थित डिगाउँको मिनि रंगशालामा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा योङ स्टार नेपालगन्ज र न्यु डाँफे क्लव (बि) बीच प्रतिस्पर्धा भएको थियो ।

खेलमा निर्धारित समयसम्म दुबै टिमले एक एक गोल गर्न सफल भएका थिए । पहिलो हाफमा योङ स्टारले एक र दोस्रो हाफलमा न्यू डाँफे गोल गरेपछि खेल पेनाल्टी सुटमा परिणत भएको थियो । पेनाल्टी सुटमा योङ स्टारका खेलाडीले एक मात्र गोल गर्न सक्दा न्यू डाँफेकाे जितकाे यात्रा तय भएकाे थियो ।

पेनाल्टी सुटमा डाँफेका खेलाडीले तीन गोल गर्न सफल बनेका थिए । डेढ लाख पुरस्कार राशीको प्रतियोगितालाई शनिबार खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बिकले उद्घाटन गर्नुभएको थियो ।

प्रतियोगिता संयोजक तिलकबीर सुनारले प्रतियोगिताको विजेता टिमले १ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने बताउनुभयो । यस्तै उपविजेता टिमले ८० हजार रुपैया नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

क्लबका संस्थापक गजबहादुर सिंजालीको स्मृतिमा सुरु भएको प्रतियोगितामा करिब आठ लाख खर्च हुने अनुमान आयोजकको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई ७ हजार ५ सय, उत्कृष्ट गोल किपरलाई ५ हजार ५ सय र उत्कृष्ट स्कोलरलाई ५ हजार ५ सय रुपैयासहित मेडल र प्रमाणपत्र प्रदान गरिने क्लबका अध्यक्ष हरिप्रकाश बिकले जानकारी दिनुभयो ।

Previous article´आफ्नो वडा आफै बनाऔं` भन्दै नेपालगन्ज १२ मा सरसफाई अभियान
Next articleसहयाेगी हातद्वारा मदरसाका बालबालिकालाई शैक्षिक सामाग्री प्रदान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here