
नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिकाले नेपालगन्जमा रहेको निलसागर आश्र तथा मानव सेवा आश्रमा सहयोग गरेको छ ।
गाउँपालिकाका अध्यक्ष नरेन्द्र कुमार चौधरी र उपाध्यक्ष साइदा बानोलगायतको टिम शुक्रबार बृद्धाश्रम पुगेर आवश्यक सहयोग प्रदान गरेको हो ।
निलसागर सेवा आश्रममा बोल्दै गाउँपालिका अध्यक्ष चौधरीले बन्न लागेको निलसागर भवनको एउटा कोठा निर्माणमा लाग्ने रकम सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ । उहाँले कसैले गर्न नसकेको एकमात्र उच्च काम आश्रमले गरिरहेको भन्दै आफूहरुबाट हुन सक्ने सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
मानिसको सबैभन्दा ठुलो सम्पत्ति भनेको जीवन भएको र यही जीवन नै नरहेको अन्य भौतिक सम्पत्तिको कुनै अर्थ नहुने भन्दै उहाँले निलसागरले गर्दै आएको कार्यको उच्च सम्मान गर्नुभयो । यस्तै उपाध्यक्ष बानोले समेत यस खालको कार्य कसैले गर्न नसक्ने बताउनुभयो । उहाँले मानव सेवा सर्वोत्तम कार्य भएको धारणा राख्नुभयो ।
पालिकाले दई वटै आश्रमका लागि खाधन्न तथा बालबालिकाहरुका लागि स्टेशनरी सामाग्रीसमेत प्रदान गरेको छ । सो क्रममा गाउँपालिका शिक्षा शाखा प्रमुख संजय कर्ण, नेपाल तरुण दलका नेता लोकेश आचार्यलगायतको उपस्थिति रहेको थियो ।







