
नेपालगन्ज । थाइल्याण्डको पट्टायामा १२ औँ विश्व स्ट्रेन्थ लिफ्टिङ एण्ड ईन्क्लाईन बेन्च प्रेस च्याम्पियनसिप सम्पन्न भएको छ ।
बाँके जिल्ला नेपालगन्ज वडा नम्बर १२ कोरियानपुरका करण बाडियाले बिश्वका विभिन्न देशबाट आएका खेलाडीहरुलाई प्रतिस्पर्धामा पछि पार्दै बिश्व च्याम्पियन बन्नुभएकाे हाे ।
उहाँले ६० किलो तौलमा सिनियरतर्फ स्ट्रेन्थ लिफ्टिङ एण्ड ईन्क्लाईन बेन्च प्रेसमा सिलवर मेडल र स्ट्रेन्थ लिफ्टिङ्ग (हेक लिफ्ट) मा गोल्ड मेडल जित्न सफल हुनुभएको छ । बाडियाले २२० के जि उचालेर बिश्व रेकर्ड राख्नुभएकाे हाे ।
वाडियासंगै ६८ किलो तौलमा सिनियरतर्फ नेपालगन्ज वडा नम्बर ७ डिएसपी रोडका मोहित गुप्ताले स्ट्रेन्थ लिफ्टिङ एण्ड ईन्क्लाईन बेन्च प्रेसमा गोल्ड मेडल र स्ट्रेन्थ लिफ्टिङ्ग (हेक लिफ्ट) मा ब्राउन्च मेडल जित्न सफल हुनुभएको छ ।
७६ किलो तौलमा पुरुषतर्फ नेपालगन्ज वडा नम्बर २ घरवारीटोलका सन्तोष काजी शाक्यले सिलवर मेडल जित्नुभएको छ । प्रतियोगिता बाँकेबाट ३ र अन्य जिल्लाबाट ६ जना गरी नेपालबाट ९ जना खेलाडी प्रतियोगितामा सहभागिता जनाएका थिए ।
प्रतियोगितामा नेपालबाट गएको टिमले ७ वटा गोल्ड मेडल, ५ वटा सिलवर मेडल र ब्राउन्च मेडल २ वटा गरी १४ वटा मेडल प्राप्त गरेको विजेता बाडियाले बताउनुभयाे । टिम ईभेन्टमा नेपाल दोस्रो स्थान प्राप्त गर्न सफल भएकाे छ ।
वाडियाले यस अघि २०८१ सालमा कजाकिस्तानमा भएकाे ११ औं वर्ल्ड स्ट्रेन्थ लिफ़्टिंग एण्ड ईन्क्लाइन बेन्च प्रेस चैम्पियनशिप २०२४ मा नेपालबाट स्वर्ण पदक जित्नुभएकाेे थियाे ।





