
नेपालगन्ज । नेपाल लोकतान्त्रिक खेलकुद संघ कोहलपुरको प्रथम नगर अधिवेशनबाट अध्यक्षमा दिपक योगी चयन हुनुभएको छ ।
शनिबार काेहलपुरमा अधिवेशनले याेगीकाे नेतृत्वमा कार्यसमिति चयन गरिएको हाे ।
गठित कार्यसमितिमा उपाध्यक्षद्वयमा चन्द्र बहादुर श्रेष्ठ (पुरुष) र निकिता मल्ल (महिला), सचिवमा गोविन्द पौडेल र सहसचिवमा निर्मल विष्ट, कोषाध्यक्षमा सुमन पौडेल रहनुभएकाे छ ।
यस्तै संघकाे सदस्यहरुमा विनायक गिरी, गौरव सुवेदी, ईश्वर श्रेष्ठ, सुभम बुढा, शंकर आले, छविलाल बस्नेत, सुनिल थापा, रमेश वली क्षेत्री, दिपेश क्षेत्री, टेकेन्द्र बि.सी, फारुक खान, शित्तल थारु, मनिषा राना र दिक्षा पुरी सर्वसम्मत निर्वाचित हुनुभएकाे हाे ।





