
नेपालगन्ज । बाँके युनेस्को क्लबको सहअध्यक्षमा वरिष्ठ पत्रकार निरज गौतम र सिराज खानलाई मनोनित गरिएको छ ।
शनिवार नेपालगन्जमा सम्पन्न क्लबको ११ औ अधिवेशन तथा ३६ औं बार्षिक साधारण सभाबाट प्रवेजअलि सिद्दिकीको अध्यक्षतामा निर्विरोध निर्वाचित नयाँ कार्यसमितिको आइतवार बसेको पहिलो बैठकले गौतम र खानलाई सहअध्यक्षमा मनोनित गरेको हो ।
बैठकले बाँके र बर्दियाका वरिष्ठ पत्रकारहरु झलक गैरे, रुद्र सुवेदी, नरेन्द्र थापा, कमल पन्थी, राकेश मिश्र तथा वरिष्ठ समाजसेवीहरु राजु टिबडेवाल, भिमसेन चौधरी र मुजाहिद रजा कादरीलाई सल्लाहकारमासमेत मनोनित गरेको छ ।





