दुर्गा प्रसाईंलाई छाड्न अदालतको आदेश

काठमाण्डौं । मेडिकल व्यवसयी दुर्गा प्रसाईंलाई बैंकिङ कसुर मुद्दामा २५ लाख धरौटीमा छाड्न उच्च अदालत पाटनले आदेश दिएको छ ।

सोमबार न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र मुनेन्द्रप्रसाद अवस्थीको वाणिज्य इजलासले धरौटीमा छाड्न आदेश दिएको हो ।

नेपाल राष्ट्र बैंकले गत माघ २३ गते प्रसाईंको कारोबारमाथि अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीलाई पत्राचार गरेको थियो ।

सिआइबीले विशेष सरकारी वकिलको कार्यालयलाई अनुसन्धान सकेर प्रतिवेदन बुझाएको थियो ।

उक्त प्रतिवेदनको अभियोजन गरी सरकारी वकिलले प्रसाईंविरूद्ध १८ करोड ४४ लाख बिगो कायम गरेर जरिवाना र कैद सजाय माग गरेको थियो ।

त्यस्तै पीडित राहत कोषमा क्षतिपूर्तिसम्म भराउन माग गरेको थियो ।

Previous articleमहाआरतीलाई विशेष बनाइँदै
Next article१२ कक्षाको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ नतिजा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here