१२ कक्षाको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ नतिजा

काठमाडौं । १२ कक्षाको नतिजा सार्वजनिक भएको छ । सोमबार साँझ बसेको परीक्षा बोर्डको बैठकपछि नतिजा सार्वजनिक गरिएको हो ।

नतिजा सार्वजनिक गर्नुअघि आइतबार बोर्डले नतिजाको डेमो प्रदर्शन गरेको थियो । बोर्डको क्यालेन्डर अनुसार १५ साउनभित्र १२ कक्षाको नतिजा सार्वजनि हुनुपर्ने हो ।

तर, गत २० चैतदेखि २९ दिन लामो शिक्षकहरूले आन्दोलन गरेका कारण नतिजा सार्वजनिकमा ढिलाइ भएको थियो । गत ११ वैशाखका लागि तय भएको परीक्षा आन्दोलनका कारण २१ वैशाखदेखि भएको थियो ।

परीक्षामा ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी सहभागी भएका थिए । सार्वजनिक नतिजा अनुसार कक्षा १२ मा ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । त्यस्तै, ३८.८३ विद्यार्थी ननग्रेड भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

१७ जनाको परीक्षाफल रद्द
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा दिएका १७ जनाको परीक्षाफल रद्द गरिएको जनाएको छ ।

सोमबार बोर्डले नतिजा सार्वजनिक गर्न गरेको पत्रकार सम्मेलनमा अध्यक्ष महाश्रम शर्माले १७ जनाको परीक्षाफल रद्द गरिएको जानकारी दिनुभयो ।

नियमित तर्फ ११ र आंशिक तर्फ ६ जना गरी कुल जम्मा १७ जनाको परीक्षा रद्द भएको उहाँको भनाइ छ । अमर्यादित गतिविधि गर्नेहरूको परीक्षाफल रद्द भएको बताइएको छ ।

पूरक परीक्षा आगामी भदौ २८ र २९ गते हुने
कक्षा १२ को पूरक परीक्षा आगामी भदौ २८ र २९ गते सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सोमबार नतिजा सार्वजनिक गर्दै पूरक परीक्षाबारे जानकारी दिएको हो ।

आगामी भदौ २८ र २९ गते पूरक परीक्षा (ग्रेड वृद्धि) हुने बोर्डका अध्यक्ष महाश्रम शर्माले बताउनुभयो । कक्षा १२ को परीक्षा गत वैशाख २१ गते देखि सञ्चालन गरिएको थियो ।

यसरी हेर्न सकिन्छ १२ कक्षाको नतिजा
बोर्ड स्रोतका अनुसार यो वर्षको १२ कक्षाको नतिजा वेबसाइट, एसएमएस सर्भिस र आईभीआर सर्भिसमार्फत थाहा पाउन सकिने छ ।

राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट result.neb.gov.np वा neb.gov.np र नेपाल टेलिकमको वेबसाइट https://neb.ntc.net.np बाट नतिजा हेर्न सकिन्छ ।

यसैगरी एसएमएस सेवा अन्तर्गत NEB Symbol No. टाइप गरी नेपाल टेलिकमको १६०० मा एसएमएस गरेर नतिजा प्राप्त गर्न सकिने छ ।

यसैगरी आईभीआर सेवा अन्तर्गत नेपाल टेलिकमको १६०१ नम्बरमा डायल गरी प्राप्त निर्देशानुसार नतिजा प्राप्त गर्न सकिने छ ।

यूएसएसडी सेवा अन्तर्गत *१६०१# नम्बरमा डायल गरी प्राप्त निर्देशानुसार पनि नतिजा प्राप्त गर्न सकिन्छ ।

Previous articleदुर्गा प्रसाईंलाई छाड्न अदालतको आदेश
Next articleकिसानलाई यथाशीघ्र मलको व्यवस्था गर्न सांसदको माग

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here