आइतबार लुम्बिनीका ६ जिल्लामा सार्वजनिक बिदा

नेपालगन्ज । लुम्बिनी प्रदेश सरकारले बर्का अट्वारी पर्वको अवसरमा भदौ ८ गते आइतबार लुम्बिनी प्रदेशका थारू समुदायको बसोवास धेरै रहेका ६ जिल्लामा सार्वजनिक बिदा दिने भएको छ ।

थारु समुदायको बसोवास बढी रहेको दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रूपन्देही र पश्चिम नवलपरासीमा सार्वजनिक बिदा दिने सूचना आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सार्वजनिक गरेको छ ।

थारू समुदायमा महत्वका साथ मनाइने बर्का अट्वारी पर्व यस वर्ष भदौ ८ गते आइतबार परेको छ । यो पर्वमा थारू समुदायका पुरुषहरू उपवास ‘ब्रत’ बस्ने चलन छ । यो पर्वमा निराहार व्रत बसी सूर्यको पूजा गरी मनाइने सांस्कृतिक मान्यता छ ।

थारू समुदायले सूर्यलाई उज्यालोको प्रतीकको रूपमा मान्दै आएका छन् । पौराणिक कथाअनुसार भीमको पूजा गरेर पनि अट्वारी पर्व मनाउने प्रचलन छ । कुशे औंसीपछिको पहिलो आइतबार यो पर्व मनाउने गरिन्छ ।

Previous articleग्रामीण विकास लघुवित्तको ११ औं वार्षिकोत्सव, खजुरा शाखा उत्कृष्ट
Next articleथारू बाहुल्य बस्तीमा अट्वारी पर्वको रौनक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here