प्रजिअको विवादित अभिव्यक्ति : युवाले गरे खबरदारी

नेपालगन्ज । बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीलाई खबरदारी गरिएको छ । विवादित अभिव्यक्ति दिएको भन्दै नेपालगन्ज युवा र जेनजी समूहले प्रमुख जिल्ला अधिकारी जोशीलाई मंगलबार खबरदारी गरेको हो ।

युवाहरुले सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त सुवेदीलाई ज्ञापनपत्र बुझाउँदै प्रजिअ जोशीले दिएको अभिव्यक्तिले सामाजिक कार्यमा सक्रिय युवाहरुलाई ठेस पु¥याएको भन्दै खबरदारी गरिएको बताए । युवाहरूले भदौ २३ र २४ भएको जेनजी समूहको प्रदर्शनका क्रममा ज्यान गुमाउनेप्रति श्रद्धांजली व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदनासमेत व्यक्त गरेको छ ।

ज्ञापन पत्र बुझाउँदै नेपालगन्जका युवा डा.राहुल कुर्मीले भ्रष्टाचार र वेथितिविरुद्ध सुशासनका लागि जेनजीको शान्तिपूर्ण आन्दोलनको आडमा देशका विभिन्न स्थानमा सरकारी एंव निजी सम्पत्तिहरुको तोडफोड र आगजनी हुने कार्य एकदमै दुःखद र निन्दनीय रहेको बताउनुभयो । घटनाको छानविन गरी सो कार्यमा संलग्नलाई कानुन बमोजिम कारवाही गर्न सम्बन्धित निकायसंग युवाहरुको माग छ ।

बाँकेका प्रजिअ जोशीले नेपालगन्जमा भएको एक कार्यक्रममा सार्वजनिक रुपमा नै आन्दोलन पश्चात कार्यालयहरुमा भएको फोहोर सरसफाई अभियान थालेका युवाहरुलाई सामाजिक कार्य गर्न निरुत्साहित गर्ने गरी अभिव्यक्ति दिनु राम्रो कुरा नभएको जेनजी युवा ऋतिक शाहीले बताउनुभयो ।

‘आन्दोलनको नाममा जसले गलत कार्य गरेको छ त्यसलाई कारवाही हुनुपर्छ भन्ने हामी पनि चाहन्छौं तर सकारात्मक र सामाजिक कार्य गर्ने युवाहरु पनि त्यस घट्नाका दोशी हुन भनेर नेतृत्वकर्ताले यसरी अभिव्यक्ति दिनु गलत हो ।,’ शाहीले भन्नुभयो ।

प्रजिअको अभिव्यक्तिबिरुद्ध आफुहरुले ज्ञापन पत्र बुझाएको डा.कुर्मीले बताउनुभयो । प्रजिअ जोशीले असोज ३ गते संविधान दिवसको अवसरमा आयोजित कार्यक्रम युवाहरुलाई ठेस पुग्नेगरी अभिव्यक्ति दिनुभएको थियो ।

Previous articleनवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा सपथ ग्रहण
Next articleप्रजिअको व्यवहारप्रति नागरिक अगुवाको आपत्ति

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here