
नेपालगन्ज । बाँकेकाे डुडुवा गाउँपालिका वडा नम्बर ५ मा प्रथम नवदुर्गा टि-२० खुल्ला क्रिकेट प्रतियोगिता संचालन हुने भएकाे छ ।
महाशिवरात्रीरीकाे अवरसरमा डुडुवास्थित नव दुर्गा युवा क्लबले प्रथम नवदुर्गा टि-२० खुल्ला क्रिकेट प्रतियोगिता संचालन गर्न लागेकाे हाे ।
पछिल्लो समय युवाहरुमा क्रिकेटप्रतिको बढ्दो रुचि एवं नेपाललेसमेत क्रिकेट जगतमा देखाइ रहेको आफ्नो उत्कृष्ठ प्रदर्शनलाइ मध्यनजर गर्दै समग्र क्रिकेट खेलको विकासका लागि यो आयोजना भएको गरिएको क्लबका अध्यक्ष निर्मल चन्दले जानकारी दिनुभयाे ।
प्रतियाेगितामा सहभागी हुनका लागि यही माघ २८ गतेभित्र टिम दर्ता गरिसक्नुपर्ने आयाेजकले जनाएको छ । प्रतियोगिता अवधिभरी विभिन्न विधामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई नगद तथा प्रमाण पत्रले सम्मान गरिनेछ ।
प्रतियोगिता विशेषत डुडुवा गाउँपालिका अन्तर्गतका क्रिकेट खेलिरहेका र खेल्न चाहने युवाहरुलाई लक्षित गरिएको क्लबका अध्यक्ष चन्दकाे भनाई छ । छग्रहवा खेल मैदानमा हुने प्रतियोगिताकाे बिजेता टिमलाई प्रथम पुरुष्कार स्वरूप ५५ हजार र दित्तीय टिमलाई ३३ हजार प्रदान गरिनेछ ।
क्लबले युवाहरूलाई खेलतर्फ प्रेरित गराउन तथा सकारात्मक कार्यमा अग्रसर हुन विविध प्रकारकाे प्रतियोगिताहरू संचालन गर्दै आएको छ । पछिल्लो समय बढ्दाे बेरोजगारीका कारण युवाहरू कुलतलगायत नकारात्मक कार्यतर्फ अग्रसर हुन थालेकाे देखिन्छ । यस्ता युवाहरूलाई यसले सकारात्मक प्रेरणा मिल्ने आयाेजककाे बिश्वास छ ।





