जनताको मुद्दा उठाउनमा प्रतिबद्व: नेता कमरुद्दिन

नेपालगन्ज । मधेश आन्दोलनले स्थापित गरेको अधिकार र उपलब्धिहरूलाई संस्थागत गर्दै जनताको आवाज संसदसम्म पु¥याउने लक्ष्यका साथ बाँके निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार कमरुद्दिन राई चुनावी मैदानमा सक्रिय बन्नुभएको छ ।

जनमुखी मुद्दालाई केन्द्रमा राखेर अघि बढिरहनुभएका राईप्रति मतदाताको भरोसा दिनप्रतिदिन बढ्दै गएको देखिन्छ । नेपालगन्ज उपमहानगरपालिकाको नगर उपप्रमुखको जिम्मेवारीमा रहँदा जनसेवा र विकास निर्माणका कार्यमा सक्रिय भूमिका निर्वाह गरेका राईले संघीय तहबाट अझ प्रभावकारी रूपमा जनताको मुद्दा उठाउने अठोटसहित आफ्नो बाँकी १५ महिने कार्यकालको परवाह नगरी पदबाट राजीनामा दिनुभएको थियो ।

स्थानीय तहमा गरेका काम, सरल स्वभाव तथा जनतासँगको नजिकको सम्बन्धका कारण उनीप्रति मतदाताको विश्वास थप मजबुत बन्दै गएको स्थानीयवासीहरू बताउँछन् । चुनावी अभियानअन्तर्गत राई बिहानैदेखि मतदाताको घर–आँगनमा पुगेर प्रत्यक्ष संवाद गरिरहनुभएको छ । निर्वाचन क्षेत्र नं. २ अन्तर्गत पर्ने डुडुवा गाउँपालिका वडा नम्बर १ का जाफरपुर्वा, खडैचा, खाले सन्तलिया, उँचे सन्तलिया, ऊँचुवा, दर्जिनपुर्वा, कुडवालगायतका बस्तीहरूमा पुगेर उहाँले जनताका समस्या, आवश्यकता र सुझावहरू सुन्दै आउनुभएको छ ।

मतदातासँगको खुला संवाद र सहज पहुँचले उहाँको चुनावी अभियानलाई थप सशक्त बनाएको देखिन्छ । यस क्रममा मतदाताबाट सकारात्मक प्रतिक्रिया र उत्साहजनक समर्थन प्राप्त भइरहेको जनता समाजवादी पार्टी नेपालका नेता रजनरान मगरले जानकारी दिनुभयो । उहाँका अनुसार राईको विगतको कार्यशैली, जनतासँगको घनिष्ठ सम्बन्ध तथा मधेश आन्दोलनका उपलब्धिहरू जोगाउने प्रतिबद्धताले मतदातामा नयाँ आशा जगाएको छ ।

स्थानीय तहदेखि संघीय तहसम्म जनताको आवाज बुलन्द गर्ने लक्ष्यसहित चुनावी मैदानमा उत्रिएका राईप्रति बढ्दो जनसमर्थनले आगामी निर्वाचन थप प्रतिस्पर्धात्मक र रोचक बन्ने संकेत देखिएको छ । जनताको भरोसालाई शक्ति बनाउँदै अघि बढिरहनुभएका राईले आफ्नो चुनावी अभियानलाई अझ तीव्र बनाउनुभएको छ ।

Previous articleसीमावर्ती क्षेत्रको समस्या समाधान गर्ने: नेता पुन
Next articleभ्रष्टाचार नियन्त्रण जस्ता कार्य काँग्रेसले नै गर्छ: नेता गौडेल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here