सुधान्शुलाई मतदाताले भने-“बदलिएको काँग्रेसलाई मत दिन्छौं”

नेपालगन्ज । आगामी निर्वाचन नजिकिँदै जाँदा गाउँदेखि सहरसम्म राजनीतिक बहस चर्किएको छ । चिया पसल, चौतारा र सामाजिक सञ्जालमा एउटै चर्चा सुनिन्छ–“यसपटक बदलिएको काँग्रेसलाई अवसर दिनुपर्छ ।”

धेरै मतदाताको बुझाइमा लामो इतिहास बोकेको नेपाली काँग्रेस अहिले आन्तरिक सुधार, नयाँ अनुहार र स्पष्ट नीतिगत प्रतिबद्धतासहित अघि बढेको छ । बाँके क्षेत्र नं.२ का काँग्रेस उम्मेदवार सुधान्शु कोइराला घरदैलोमा पुग्दा पनि मतदाता उत्साहित थिए ।

नेपालगन्ज उपमहानगरपालिका वडा नं.४ गणेशपुरमा वडा कार्यसमितिले आयोजना गरेको घरदैलोमा पुग्दा स्थानीय रिनु सेरचनले पार्टीभित्रको संरचनात्मक सुधार र महाधिवेशनपछिको नेतृत्व चयनले यो पटक काँग्रेसलाई मत दिने बताउनुभयो । काँग्रेसले समावेशी प्रतिनिधित्व र सामाजिक न्यायका मुद्दालाई प्राथमिकतामा राखेकाले पनि आफुहरु उत्साहित भएको उहाँको भनाइ छ ।

“बदलिएको काँग्रेस” भन्ने नाराले जनमानसमा सकारात्मक प्रभाव पार्न थालेको देखिन्छ । अर्का मतदाता विजय साहुले पनि बदलिएको काँग्रेसप्रति भरोसा जागेको बताउनुभयो । नेपाली काँग्रेस बाँकेका सचिवसमेत रहनुभएका उम्मेदवार कोइरालाले शुक्रबार नेपालगन्जको बजार क्षेत्रमा समेत घरदैलो गर्नुभएको छ ।

त्यसक्रममा उहाँले ब्यापारीहरुको समस्या सुन्नुभयो । सहज बजार व्यवसायका लागि नीतिगत रुपमा सहजीकरणको भूमिका निर्वाह गर्ने विश्वास दिलाउनुभयो । कोइरालाले नेपालगन्ज उपमहानगरपालिका वडा नं.४ गणेशपुर लगायत क्षेत्र, वडा नं.१८ भुजइँगाउँमा घरदैलो गर्नुभएको थियो ।

Previous articleमायाँ कुर्मीको आर्शिवादले कमरुद्दिन थप उत्साहित
Next articleलुम्बिनी नेपालको मात्र नभएर विश्वकै साझा सम्पदा: प्रधानमन्त्री कार्की

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here