लुम्बिनी नेपालको मात्र नभएर विश्वकै साझा सम्पदा: प्रधानमन्त्री कार्की

बुटवल । प्रधानमन्त्री सुशीला कार्की लुम्बिनी पुगेर मायादेवी मन्दिरमा पूजा–अर्चना गर्नुभएको छ ।

सो अवसरमा प्रधानमन्त्री कार्कीले भगवान बुद्धको जन्मस्थलको ऐतिहासिक तथा धार्मिक महत्वबारे जानकारी लिँदै संरक्षणका कामलाई अझ व्यवस्थित र प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याउनुभएको छ ।

उहाँले लुम्बिनी केवल नेपालको मात्र नभई सम्पूर्ण विश्वकै साझा सम्पदा भएको उल्लेख गर्दै यसको विकास गर्दा मौलिकता, शान्ति र धार्मिक सहिष्णुतालाई केन्द्रमा राख्नुपर्ने बताउनुभयो ।

लुम्बिनी विकास कोष, स्थानीय समुदाय र सरोकारवालाबीच समन्वय गरी दीर्घकालीन गुरुयोजना प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको पनि उहाँले स्पष्ट पार्नुभयो ।

कोषका पदाधिकारीहरूले प्रधानमन्त्रीसमक्ष हालसम्म भएका विकास निर्माणका काम, भावी योजना तथा देखिएका चुनौतीबारे जानकारी गराएका थिए। प्रधानमन्त्रीले ती विषयमा चासो व्यक्त गर्दै आवश्यक नीतिगत तथा संरचनागत सहयोग सरकारबाट उपलब्ध गराइने आश्वासन दिनुभयो ।

Previous articleसुधान्शुलाई मतदाताले भने-“बदलिएको काँग्रेसलाई मत दिन्छौं”
Next articleयहाँको विकास नै मेरो प्राथकिता : इस्तियाक राई

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here