
नेपालगन्ज । बाँके निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार मोहम्मद इस्तियाक राईले शनिबार नेपालगन्जमा प्राध्यापकहरूसँग अन्तरक्रिया गर्नुभएको छ ।
उहाँले प्राध्यापकहरुसंग अन्तरक्रिया गर्दै उहाँहरुको गुनासो सुन्नुभएको थियो । सो क्रममा उहाँले भएका गुनासो सम्बोधन गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले क्षेत्र नम्बर २ को समग्र विकास मेरो पहिलो प्राथमिकता भएको भन्दै आफुलाई जिताउनु आग्रह गर्नुभएको थियो ।
यस्तै शनिबार बिहान नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ अन्तर्गत चन्द्रनाथ टोल, दीप ज्योति टोल र पिपल चौतारा टोलमा मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै घरदैलो गर्नुभएको छ ।
घरदैलो तथा छलफलका क्रममा उम्मेदवार राईले शिक्षा, रोजगारी, विकास र सुशासनका विषयलाई प्राथमिकतामा राख्दै आफ्ना प्रतिबद्धता प्रस्तुत गर्नुभएको थियो ।





