जादुमय आवाजका बादशाह निर्मोहीको निधन

नेपालगन्ज । बरिष्ठ लोकगायक कमल बिके निर्मोहीको निधन भएको छ । नेपाली संगीत तथा सञ्चार जगतका उज्ज्वल नक्षत्र, सञ्चारकर्मी निर्मोहीको मंगलबार निधन भएको हो ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ११ निवासीको निधनले सम्पूर्ण कला र सञ्चार क्षेत्र स्तब्ध बनेको छ। मृगौला रोगसँग लामो समयदेखि संघर्षरत रहनुभएका उहाँको उपचारका क्रममा नेपालगन्जस्थित भेरी अस्पतालमा निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।

दशकौँदेखि लोक संगीतमा समर्पित निर्मोहीले दुई सयभन्दा बढी गीतमार्फत नेपाली समाजका भावना, माया, पीडा र यथार्थलाई सशक्त रूपमा अभिव्यक्त गर्नुभएको थियो ।

माटोको सुगन्ध बोक्नुभएका, सरल तथा गहिरो सन्देश दिने उहाँका गीतहरूले श्रोता-दर्शकको मन जितेको थियो भने उहाँले लोक संगीतमा विशिष्ट पहिचान स्थापित गर्नुभएको थियो ।

निर्मोहीले स्टेजको दुनियमा पनि त्यत्तिकै चर्चा कमाउनुभएको थियो । उहाँको जादुमय आवाजको पुरै नेपाल परिचित थियो । उहाँले गाएको बबईमा उर्लदै मिल्न आयो खोली, लाग्यो माया मोहनी, सुर्खेतकी नानी, आउँ त भने बाटो छ खोलाको चर्चित गीत हुन् ।

मिर्गौला रोगबाट पीडित उहाँकी पत्नी हेरमदेवी विकको गएको २३ माघमा निधन भएको थियो । निर्मोहीको बुधबार राप्तीनदीस्थित सिधनियाघाट अन्तिम दाहसंस्कार हुने जनाइएको छ ।

Previous articleफागुन १५ गते बैजनाथ गाउँपालिकामा स्थानीय बिदा
Next articleप्रहरी ग¥यो गनापुरबाट अवैध खयर बोकेको ट्रक नियन्त्रण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here