कमरुद्दिन राईको घरदैलो : मतदाताको सम्मानले उत्साहित

नेपालगन्ज । जनता समाजवादी पार्टी नेपालबाट बाँके निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार कमरुद्दिन राईले नेपालगन्ज उपमहानगरपालिकाको वडा नम्बर १ धम्बोझी–खजुरा रोड क्षेत्र घरदैलो गर्नुभएको छ ।

राई मतदाताको घरमा पुग्दा स्थानीयबासीले उत्साहपूर्ण तरिकाले स्वागत गरे । राईले मतदाताको साथले झनै आत्मविश्वास बढेको बताउँदै भन्नुभयो, “मतदाताबाट पाएको यस्तो माया र सम्मानले मलाई अझ जिम्मेवार र प्रतिबद्ध बनाएको छ।”

उहाँले विशेष गरी युवालाई लक्षित रोजगारी सिर्जना, साना तथा घरेलु उद्योग प्रवद्र्धन, र आधारभूत पूर्वाधार सुदृढीकरणमा जोड दिने बताउनुभयो । “यो क्षेत्रको समग्र विकास बिना स्थानीयको जीवनस्तर उकास्न सकिँदैन । त्यसैले विकासलाई मेरो पहिलो प्राथमिकता हुनेछ,” राईले स्पष्ट पार्नुभयो ।

यसरी, चुनाव नजिकिँदै जाँदा नेपालगन्जका गल्ली-टोलमा उम्मेदवार र मतदाताबीचको प्रत्यक्ष संवादले छाता चुनावप्रति जनलहर बढेको अनुभूति भएको राईले बताउनुभयो ।

Previous articleप्रहरी ग¥यो गनापुरबाट अवैध खयर बोकेको ट्रक नियन्त्रण
Next articleकाँग्रेसले सुशासनको संकल्प बोकेको छ: सभापति थापा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here