
नेपालगन्ज । बाँके क्षेत्र नम्वर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य मोहम्मद इस्तियाक राइले निर्वाचन क्षेत्रमा थुप्रै विकास निर्माणका काम गरेर आफ्नो चुनावी प्रतिबद्धता पूरा गर्नुभएकाे छ ।
शहरी विकासमन्त्री हुँदा उहाँले आफ्नो निर्वाचन क्षेत्रमा मात्र नभएर बाँकेभरी नै विकास निर्माणका योजनाहरु ल्याएर विकास क्रमलाई अगाडि बढाउनु भएकाे छ ।
राइकै पहलमा फुसका छाना हटाउने कार्यक्रम देशभरी चर्चित छ । बाँकेमा पनि ठूलो संख्यामा फुसका छाना विस्थापित भए । डुडुवा र नरैनापुरमा पूर्वमन्त्री राइ शहरी विकास मन्त्री हुँदा यो कार्यक्रमबाट सयौं फुसका छाना विस्थापित गराएर टिन लगाइएको छ । करिव २ हजार घरका फुस छाना हटाएर टिन लगाइएको छ ।
जस्का कारण विपन्न तथा स्थानीयबासी खुसीले दंग छन् । फुसका छानाका कारण त्यसक्षेत्रमा बर्सेनी आगलगानीको जोखिम थियो । जसका कारण मानिसहरुको उठिबास लाग्ने गरेको थियो । अव त्यो समस्याबाट त्यहाँका स्थानीयबासी ढुक्क भएका छन् । यस्को सबै श्रेय राइलाई जान्छ ।
उहाँको कार्यकालमा थुप्रै बिकास निर्माणका कामहरु भएका छन् । केही संचालन भई सम्पन्न भईसकेका छन केही संचालनमा छन । केही योजनाहरु टेण्डर प्रक्रियामा रहेका छन । ति थुप्रै बिकास निर्माणका योजनाहरु मध्ये खास गरेर डुडुवा गाउँपालिकासंगै नगर समेत छोएका योजनाहरु स्थानीयबासीले सम्झना लायकका छन् ।
प्राय नेताहरुले चुनावमा भोट माग्दा विकास निर्माणका लोभ देखाउने जितेर गएपछि फर्किएर नआउने गर्छन् । तर राई सधै जनताको साथमा मात्र रहनु भएन् ´स्थानीय भन्छन्` जनतासँग गरेका वाँचा पनि पूरा गर्नुभएको छ । पूर्वमन्त्री राईको पहलमा भौतिक पुर्वाधार तथा यातायात ब्यवस्था मन्त्रालयबाट तराई मधेश सडक पुर्वाधार बिशेष कार्यक्रम अन्तर्गत बनकट्टी बाबु पुर्वा बिर्ता रोड हुंदै लालापुर्वा मोहनपुर उधमगंज भवानियापुर जोडने सडक निर्माण भइरहेको छ ।
यस्तै बनकट्टी चोकदेखि बनकट्टी बनकटवा हुंदै रमपुर्वाको झोलुंगे पुल सम्म सडकको निर्माण कार्य भइरहेको स्थानीय बताउँछन् । जसपाका नगर अध्यक्ष श्रवण कुमार यादवका अनुसार एक सांसदलाई एउटा रणनितिक शहर मांग गरिए अनुसार बहुबर्षिय योजना अन्तर्गत डुडुवा २ को गन्धैली नाला हुंदै बेतहनी अमृत पुर्वा, कैराती पुर्वा, कोल्ही, रमपुर्वा, राजारामपुर्वा, मिलन चोक हुंदै रांझासम्म नेपालगंज सिमाना जोडने सडक निर्माण भएको छ ।
यस्तै स्थानीय पुर्वाधार बिकास मन्त्रालय अन्तर्गत स्थानीय सडक पुल मांग गरिएकोमा २ ओटा पुल सिफारिश हुंदा एउटा बांडी अमृतपुर्वामा निर्माण भईरहेको छ भने एउटा लालापुर्वा र सैरही माता मन्दिरको बीचमा रहेको डुडुवा खोलामा यो बर्ष निर्माण शुरु हुने अध्यक्ष यादवले जानकारी दिनुभयो ।
शहरी बिकास मन्त्री हुंदै कालो पत्रे सडकका लागि ३० करोडको टेण्डर गरिएको र अब टेण्डर प्रक्रिया समाप्त भई निर्माण प्रक्रियामा जाने हुलाकी राजमार्ग देखि भित्र उंचे मसहा , बनकट्टी, हलबलडोली हुंदै जाफर पुर्वा तथा शाहपुर्वा देखि गडारियनपुर्वा र बेतहनी चौक देखि बेतहनी गांउ हुंदै पिप्रहवा सम्म छिट्टै निर्माण प्रक्रिया शुरु हुने जानकारी पूर्वमन्त्री राईले दिनुभएको छ ।
यी उपरोक्त बिकास निर्माणका अलावा सुरक्षित आवास, जनता आवास बाढीपिडितका लागि सेल्टर लगायतका त्यस्ता कैयों योजनाहरु संचालन भई सम्पन्न भईसकेका तथा केही टेण्डर केही निर्माण प्रक्रियामा रहेका छन् ।
दुई आर्थिक वर्षमा करिव डेढ करोड रकम फ्रिज भएको छ ।
विभिन्न मठमन्दिर, विद्यालय, मदरसा र मजारको रकम फ्रिज भएको छ । मजार मदरसा सौन्दर्य करणका लागि विनियोजन भएको रकम फ्रिज भएको अध्यक्ष यादवको भनाई छ । बालसुधार गृहको ५० लाख रकम पनि फ्रिज भएको छ ।





