हरिजनको निधनप्रति गाउँपालिकाद्धारा शोक व्यक्त

डुडुवा । डुडुवा गाउँपालिकाको स्थानीय आपतकालीन कार्य संचालन केन्द्रका सहजकर्ता राजेश हरिजनको निधनप्रति गाउँपालिकाले शोक प्रकट गरेको छ । गाउँपालिकाका अध्यक्ष नरेन्द्र चौधरीद्धारा एक प्रेस बिज्ञप्तिमा सहजकर्ता हरिजनको निधनले गाउँपालिका कार्यालय स्तब्ध भएको उल्लेख छ ।

जारी बिज्ञप्तिमा बाँके डुडुवा गाउँपालिका कार्यालय अन्र्तगत स्थानीय आपतकालिन कार्य सञ्चालन केन्द्रमा सहजकर्ताको पदमा कार्यरत राजेश हरिजनको भारतको लखनाउमा उपचारका क्रममा आइतबार राती ११ बजे निधन भएको छ । हरिजनको निधनले गाउँपालिका कार्यालय स्तब्ध भएको छ ।

डुडुवा गाउँपालिका वडा नं.३ निवासी २४ वर्षिय हरिजनमा मुटुरोगको समस्या रहेको थियो । हरिजनको सोमबार नै हिन्दु धार्मिक परम्परा अनुसार अन्तिम संस्कार गरिएको छ ।

Previous articleव्हील चियर प्रदान
Next articleइन्टिग्रिटी आइकन २०२० की बिजेता थारुलाई सम्मान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here