इन्टिग्रिटी आइकन २०२० की बिजेता थारुलाई सम्मान

नेपालगञ्ज । इन्टिग्रिटी आइकन नेपाल २०२० की बिजेता स्वास्थ्यकर्मी आरती थारुलाई नेपाल स्वास्थ्यकर्मी संघ जिल्ला कार्यसमितिले बाँकेले सम्मान गरेको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाको स्वास्थ्य शाखामा जनस्वास्थ्य निरिक्षक पदमा कार्यरत थारुलाई संघले सोमबार साँझ दोसल्ला तथा प्रमाण पत्रले सम्मान प्रदान गरेको हो ।

कर्तव्यनिष्ठ भई इमान्दारितापूर्ण कार्य गरी निर्वाह गर्नुभएको उदाहारणीय भूमिका सबै राष्टसेवक कर्मचारी एवम नयाँ पुस्तालाई प्रेरणाको स्रोत बन्ने अपेक्षासहित सम्मान प्रदान गरिएको सम्मान पत्रमा उल्लेख छ । थारु नेपालगञ्ज १२ स्थित स्वास्थ्य चौकीमा कार्यरत हुनुहुन्छ ।

यस्तै सोही अवसरमा नेपालगञ्ज मेडिकल कलेजमामा कार्यरत कुमार अधिकारीलाई समेत सम्मान गरिएको छ । अधिकारीको प्रशासकिय अधिकृतमा पदोन्नति भएको भन्दै संघले सम्मान गरेको जनाएको छ ।

संघ बाँकेका अध्यक्षता अध्यक्ष टेक बहादुर केसी, मेडिकल कलेज कर्मचारी युनियन संघ कोहलपुर बिभाग प्रमुख यम बहादुर खड्का, संघ बाँकेका उपाध्यक्ष बिरगंज शाह, नगर संयोजक राजेश सेन, निबर्त्मान अध्यक्ष सरोज साह लगायतको उपस्थितिमा दुबैजनालाई सम्मान प्रदान गरिएको संघ बाँकेका सहसचिब तेज बहादुर वलीले जानकारी दिनुभयो ।

Previous articleहरिजनको निधनप्रति गाउँपालिकाद्धारा शोक व्यक्त
Next articleजसपाकाे प्रशिक्षण सम्पन्न

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here