तरुण दल अध्यक्ष केसीमाथी युवा संघको आक्रमण

नेपालगन्ज । नेपाल तरुण दल राप्तीसोनारी गाउँपालिका बाँकेका अध्यक्ष कुल बहादुर केसीमाथि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट युवा संघका कार्यकर्ताले आक्रमण गरेका छन् ।

युवा संघ राप्तीसोनारी अध्यक्ष समेत रहेका “समीर” भनिने सरोज विस्टको नेतृत्वमा आएका सनम भनिने सन्दिप विस्ट, सुनिल परियार, दिलिप डागी सहित ८/९ जनाको समुहले आक्रमण गरेको पिडितले बताउनुभएको छ ।

राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ मदुईस्थित आफ्नै गाउँमा आफन्तको जन्मदिन कार्यक्रममा सहभागी भएर घर फर्किने क्रममा गएराती (शुक्रबार) पौने ११ बजेतिर आफुमाथी आक्रमण भएको केसीले बताउनुभएकाे छ ।

आफुमाथी एक्कासी आक्रमण भएको र आक्रमण गर्नुको कारण थाहा नभएको उहाँले बताउनुभयाे । सो समुहले प्रहार गरेको दाउराले शरीरमा भित्री चोट लागेको र आफू भागेर ज्यान जोगाउन सफल भएको घाइते केसीको भनाई छ ।

घटना सार्बजनिक गरेमा बाबु र छोराको ज्यान लिने धम्की समेत दिएको घाइते केसीले बताउनुभयाे । केसीलाई छुटाउन गएका स्थानीय टिकाराम ओलीलाई समेत उक्त समूहले निर्घात कुटेको बताइएको छ ।

आक्रमणमा सम्लग्न व्यक्ति फरार रहेको र उनीहरूलाई स्थानीय प्रहरीले नै भगाएको तरुण दलको आरोप छ । उक्त समूहले राप्ती सोनारी क्षेत्रबाट काट तस्करीका साथै नदी तथा खोलामा आफ्नो रजाइँ गर्दै आएको छ ।

अबैध कार्यको बिरोध गर्ने ब्यक्तिलाई उनीहरूले पटक-पटक कुटपिट, आक्रमण तथा धम्की दिने गरेका छन् । समिरका विरुद्ध यसअघि प्रहरी कार्यालयमा तीन/चार वटा मुद्दा दर्ता भैसकेका छन । घाइते केसीको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ।

Previous articleपरियाेजनाकाे कामबारे सरोकारवालाद्वारा अनुगमन तथा निरीक्षण
Next articleब्याटमिन्टन संघ बाँकेकाे अध्यक्षमा थापा चयन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here