योगिनी कपको उपाधि एफसिलाई

खजुरा । खजुरा गाउँपालिका-२, गौघाट बाँकेमा जारी प्रथम योगिनी खुला पुरुष अन्तर भलिबल प्रतियोगिताको उपाधि एफसि स्टारले जितेको छ । फाइनलमा धु्रवतारा बोडिङ स्कुललाई हराउँदै एफसिले उपाधि उचालेको हो । फाइनलमा एफसिले धु्रवतरालाई २५-१५, २५-१९ र २५-२३ सेटले हराएको हो ।

एफसि र ध्रुवतराबीच फाइनलको दुई राउण्ड बराबरी रहेको थियो । अन्तिम राउण्डको पहिलो चरणमा ध्रुवताराले एफसिविरुद्ध ६-१ सेटको अन्तर बनाउन सफल भएतापनि खेलाडीको तालमेल नमिल्नाले ध्रुवतारा उपाधिबाट वञ्चित बन्यो । विजेता बनेको एफसिले नगद २१ हजारसहित ट्रफी प्राप्त ग¥यो । उपविजेताले नगद १० हजार रुपैयाँमै चित्त बुझाउनु प¥यो । खेलमा सर्वोत्कृष्ट खेलाडी ध्रुवताराका सुवाष हमाल हुनुभयो । उहाँले नगद पाँच हजार रुपैयाँ प्राप्त गर्नुभयाे ।

साथै खेलमा बेष्ट ब्लकर एफसिका मनिराम चौधरी, वेष्ट स्पाइकर एफसिका ललित विक, बेष्ट डिफेण्डर ध्रुवताराका कृष्ण गिरी, वेष्ट सर्भर न्यू जागृतीका किरण बुढाथोकी र बेष्ट सेटर एफसिका भरत विक हुनुभयो । सेमिफाइनलमा एफसिले न्यू जागृति युवा क्लबलाई पराजित गरेर फाइनलको यात्रा तय गरेको थियो भने ध्रुवताराले मुस्काल क्लबलाई अहराएको थियो ।

रंगशाला नेपाल मिडिया प्रालि र योगिनी युवा क्लबले आयोजना गरेको प्रतियोगितामा बाँकेका ११ वटा टिमको सहभागिता रहेको थियो । प्रतियोगितमा संजय स्मृति प्रतिष्ठानको प्रायोजन र न्यू एभरेष्ट डिस्लरीले सह-प्रायोजन गरेको थियो । खजुरा गाउँपालिकाको समन्वयमा भएको प्रतियोगितामा बाँके जिल्ला भलिबल संघले प्राविधिक सहयोग गरेको प्रतियोगिता संयोजक दिलिप महताराले बताउनुभयाे ।

Previous articleनेपालगन्जमा अनलाईन बिजिनेश फेस्टिबल आयोजना हुँदै
Next articleकसौधन बैश्य समाज युवा मञ्च तथा महिला मञ्चका पदाधिकारीद्धारा पदभार ग्रहण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here