नेपालगंजका एक दर्जन होटल तथा रेष्टुरेन्टको संचालनमा रोक

नेपालगञ्ज । नेपालगंजको न्युरोड र बसपार्क स्थित विभिन्न होटल तथा रेष्टुरेन्टहरुको अनुगमन गरिएको छ । बुधबार गरिएको अनुगमनका क्रममा दर्ता नगरी व्यवसाय संचालन गरिरहेका करिब एक दर्जन बढी होटल तथा रेष्टुरेन्टहरुको संचालनमा रोक लगाइएको छ ।

उनीहरुलाई होटेल, पसल दर्ता गरेर मात्र व्यवसाय संचालन गर्न निर्देशन दिइएको छ । त्यसैगरी इजाजत पत्र नलिई मदिराको कारोबार गरिरहेका मदिरा व्यवसायीलाइ समेत इजाजत लिएर मात्र व्यवसाय संचालन गर्न निर्देशन दिइएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगंजका सूचना अधिकारी देवीलाल चौलागाईले जानकारी दिनुभयो ।

उहाँका अनुसार अनुगमनका क्रममा इजाजत नलिएर चलेका व्यवसाय संचालनमा समेत रोक लगाइएको छ । अनुगमनका क्रममा खान अयोग्य, उपभोग्य म्याद समाप्त भएका करिब सात हजार मुल्य बराबरको वस्तु नष्ट गरिएको छ ।

अनुगमनमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगंज, घरेलु तथा साना उद्योग कार्यालय, जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, होटल व्यवसायी संघका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

Previous articleजसपाको नेपालगञ्जमा मसाल जुलुस
Next articleगाडीसंग माेटरसाईकल ठाेक्किँदा एककाे मृत्यु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here