गाडीसंग माेटरसाईकल ठाेक्किँदा एककाे मृत्यु

नेपालगञ्ज । नेपालगञ्जमा माेटरसाईकल र गाडी एक आपसमा ठाेक्किँदा एक जनाकाे मृत्यु भएकाे छ ।

बिहीबार बिहान करिब पाैने छ बजेकाे समयमा दुर्घटना हुँदा एक जनकाे मृत्युु भएको हाे । नेपालगञ्जको वीपी चोक नजिकै भे १ ख २९८४ नम्बरको मिनिबस र भे ४ प ८१७९ नम्बरको मोटरसाइकल ठाेकिएकाे हाे ।

दुर्घटनामा परि मोटरसाइकलमा सवार साईगाउँका असगर अलि राइनको मृत्यु भएको प्रहरीले बताएको छ ।मोटरसाइकलमा सवार भारतका सलमान राइन घाइते हुनुभएको छ । उहाँको मेडिकल कलेज नेपालगञ्जमा उपचार भइरहेको छ ।

दुर्घटना लगत्तै बिहानै कलेज निस्केका कलेजका बिधार्थीहरूले घाईतेहरूलाई अस्पताल पुर्याएका थिए ।

Previous articleनेपालगंजका एक दर्जन होटल तथा रेष्टुरेन्टको संचालनमा रोक
Next articleहत्या, हिंसा, बलात्कार ओलीको चमत्कार भएको डा. संग्राैलाकाे आरोप

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here