
बाँके । कोहलपुरमा एक बालकको घाँटी रेट्ने एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कोहलपुर नगरपालिका वडा नं १३ का एक ७ वर्षीय रोमित थारुको घाँटी काट्ने प्रयास गर्ने महादेवपुरीका बिजय चन्दलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बालकको घाँटीमा धारिलो हतियार प्रयोग भएकाले काटिएर घाउ बनेको छ । घट्ना शुक्रबार दिउँसो करिब १२ बजे राप्ती सोनारी गाउँपालिका वडा नं ९ महोदवपुरीमा घटेको हो ।
इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार बालकले आँप धुने क्रममा विवाद भएपछि रिषको आवेगमा आएर बालकको घाँटी रेट्ने प्रयास भएको खुल्नमा आएको छ ।





