शुक्रबार एकै दिन ७४० जनामा कोरोना पुष्टि

काठमाण्डौं । नेपालमा शुक्रबार एकै दिन अहिलेसम्मकै बढि कोरोना संक्रमित भेटिएका छन् । पछिल्लो २४ घण्टामा थप सात सय ४० जनामा कोरोना पुष्टि भएको छ ।

योसँगै अब नेपालमा संक्रमितको संख्या १५ हजार दुई सय ५९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार एकैदिनमा संक्रमित हुनेको संख्या हालसम्मकै धेरै हो ।

मन्त्रालयका अनुसार अहिलेसम्म प्रदेश नम्बर १ मा ६ सय ७४, प्रदेश नम्बर २ मा तीन हजार नौ सय ९५ र वाग्मती प्रदेशमा पाँच सय सात जनामा कोरोना पोजेटिभ देखिएको छ ।

यस्तै गण्डकी प्रदेशमा एक हजार एक सय १८, प्रदेश नम्बर ५ मा तीन हजार आठ सय ९१, कर्णाली प्रदेशमा एक हजार पाँच सय ३९ र सुदूरपश्चिम प्रदेशमा तीन हजार पाँच सय ३५ जनामा सङ्क्रमण देखिएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा आठ सय २३ जना कोरोनामुक्त भएर घर फर्किएका छन् । अब नेपालमा कोरोना सङ्क्रमण जितेर घर फर्कनेको संख्या ६ हजार एक सय ४३ पुगेको छ ।

Previous articleआँप धुँदाको विवादपछि बालकको घाँटी रेट्ने प्रयास
Next articleभैंसी चराउन निस्केकी बालिका मृतावस्थामा फेला

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here