भैंसी चराउन निस्केकी बालिका मृतावस्थामा फेला

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाकी तीन दिनअघि बेपत्ता भएकी एक बालिका शुक्रबार मृतावस्थामा फेला परेकी छिन् ।

वडा नं २१ को कुर्था बस्ने विनोद पजियारकी छोरी ११ वर्षीया कञ्चन बुधवारदेखि हराएपछि शुक्रबार आफ्नो घरभन्दा एक किलोमिटर टाढा दूधमति नदीको किनारमा मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

उनी बुधवार बिहान ११ बजे भैंसी चराउन निस्केपछि घर नफर्केको जनाइएको छ । उनको शव पोष्टमाष्र्टमका लागि प्रादेशिक अस्पताल पठाइएको छ । रासस

Previous articleशुक्रबार एकै दिन ७४० जनामा कोरोना पुष्टि
Next articleजनप्रतिनिधिलाई कोरोना भएपछि नगरपालिकाको कार्यालय सिल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here