भारतमा एक व्यक्तिले सुनको मास्क लगाउन थाले !

एजेन्सी । भारतको महाराष्ट्र राज्यमा एक जनाले सुनको मास्क बनाएका छन् । भारतको पुनेका शंकर कुराडेले ३ लाख रुपैयाँको लगानीमा सुनको मास्क बनाएउनुभएको हो ।

सुनको मास्क लगाएर हिँड्ने उहाँलाई सहरमा ‘गोल्डम्यान’ भन्न थालिएको छ। मास्कमा साढे पाँच तोला सुन लागेको छ। मास्कमा श्वास फेर्नका लागि स–साना प्वाल बनाइएको छ ।

सुनका सौखिन एवं दैनिक तीन तोला बरारको सुनका सामग्री चेन, अगौठी र ब्रासलेट लगाएर हिँड्ने शंकरले सुनारसँग सम्पर्क उहाँले सुनको पनि मास्क बनाउनुभयो ।

उहाँले मास्क एक हप्ता लगाएर बनाइएको हो । शंकरले कसैलाई सुनको मास्क बनाउन परे आफूले सहयोग गर्ने पनि बताउनुभयो ।

Previous articleवन कार्यालयमा हुने भिडले काेराेना सर्न सक्ने !
Next article१ सय ९८ केजी गाँजासहित तीन जना पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here