१ सय ९८ केजी गाँजासहित तीन जना पक्राउ

हेटौडा । मकवानपुरमा अवैध गाँजासहित तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरले दुई छुट्टै घटनामा १ सय ९८ केजी अवैध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ ।

हेटौडा–वीरगञ्ज सडकखण्डको हेटौंडा उपमहानगरपालिका–१५ को रातोमाटे चेकपोष्टमा चितवनबाट वीरगञ्ज जाँदै गरेको ना ६ ख ६९७४ नं को ट्यांकरको तेल राख्ने चेम्बरबाट १ सय २८ केजी अवैध गाँजा फेला परेको हो ।

ट्यांकर चालक बारा जितपुर सिमरा उपमहानगरपालिका–२३ बस्ने २७ वर्षीय एमामुल हक देवान र ट्यांकरमा यात्रा गर्ने सोही ठाउँका २४ वर्षीय मोहरबन अन्सारीलाई ट्यांकरसहित प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै मकवानपुरको मनहरी गाउँपालिका–६ लोथरखोलाको गोरेटो बाटोमा रातीे प्लाष्टिकको पोकाहरु लिएर हिँडिरहेको अवस्थामा ७० केजी अवैध गाँजासहित चितवनको राप्ति नगरपालिका– ११ का ३५ वर्षीय शिव तामाङ्गलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

Previous articleभारतमा एक व्यक्तिले सुनको मास्क लगाउन थाले !
Next articleकोरोना संक्रमणबाट विदेशमा थप १३ जना नेपालीको मृत्यु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here