कोरोना संक्रमणबाट विदेशमा थप १३ जना नेपालीको मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमणले विदेशमा यो साता थप १३ जनाको ज्यान गएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरर्गतको स्वास्थ्य समितिका अनुसार युएईमा थप ६ जना, भारतमा ५ अनि ओमान र कुवेतामा ११ जना नेपालीको निधन भएको हो ।

समितिका अनुसार शनिबार साँझसम्म विदेशमा मात्र १४ देशमा १ सय ४३ जना नेपालीको कोरोना संक्रमणले ज्यान गएको छ । यो साता विदेशमा मध्यपूर्वका देशबाहेक अन्य मुलुकमा कोरोना संक्रमण बढ्ने दर न्युन हुँदै गइरहेको पनि समितिको विश्लेषण छ ।

कोरोना भाइरसका कारणले विश्वव्यापी लकडाउन सुरु भएपछि विभिन्न देशमा रोकिएका नेपालीहरुको उद्धारलाई तीब्रता दिइएको पनि संघले जनाएको छ । संघ र विदेशस्थित नेपाली कुटनीतिक नियोगको संयुक्त पहलबाट जुनको पहिलो सातादेखि हालसम्म २१ देशका १८ हजार २ सय ९३ जनाको उद्दार गरिएको संघले जनाएको छ । रासस

Previous article१ सय ९८ केजी गाँजासहित तीन जना पक्राउ
Next articleभेरीकाे परीक्षणमा आईतबार २८ जनामा काेराेना पुष्टि

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here