भेरीकाे परीक्षणमा आईतबार २८ जनामा काेराेना पुष्टि

बाँके । भेरी अस्पताल नेपालगन्जकाे परीक्षणमा थप २८ जनामा काेराेना संक्रमण देखिएकाे छ ।

पछिल्लो २४ घण्टामा भेरीमा भएकाे परीक्षणमा सुर्खेतका ११ जना, सल्यानका १५ जना र दैलेखका २ जनामा काेराेना पुष्टि भएकाे हाे ।

आईतबार काेराेना पुष्टि भएकाहरूमा ६ जना महिला र २२ जना पुरूष छन् ।

संकलन भएकाे स्वाब दाङमा परीक्षणका लागि समय कुर्नुपर्ने र परीक्षण सहज नभएकाले नेपालगन्जस्थित भेरीमा पठाएईकाे थियाे ।

Previous articleकोरोना संक्रमणबाट विदेशमा थप १३ जना नेपालीको मृत्यु
Next articleपाँच सय बढि कोरोना संक्रमित भएका ६ जिल्ला

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here