
काठमाण्डौं । देशका विभिन्न ६ जिल्लामा संक्रमितको संख्या पाँच सयभन्दा बढी पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार प्रदेश २ का महोत्तरी र रौतहट, प्रदेश ५ को पाल्पा र सुदूर पश्चिम प्रदेशको अछाम, कैलाली र बाजुरामा पाँच सयभन्दा बढी संक्रमित छन् ।
यसअघि पाँच सयभन्दा बढी संक्रमित रहेका दाङ, कपिलवस्तु, दैलेख र सर्लाहीमा भने संख्या घटेको छ । ती जिल्लाबाट निको भई घर फर्कको संख्या बढेपछि ुएक्टिभु संख्या घटेको हो ।
प्रदेश १, ३, ४ र कर्णालीका कुनै जिल्लामा पनि संक्रमितको संख्या ५ सय नाघेको छैन । आइतबार थप २९३ जनामा कोरोनाभाइरस संक्रमण भएको मन्त्रालयले पुष्टि गरेको छ । यीसहित मुलुकभर हालसम्म संक्रमितको संख्या १५ हजार ७ सय ८४ पुगेको छ ।





