सिस्टम ह्याक गरी ४ करोड ८८ लाख हिनामिना गर्ने फरार अभियुक्त पक्राउ

काठमाण्डौं । कृषि विकास बैंकको प्रणाली ह्याक गरी रकम ठगी गरेको अभियोगमा फरार रहेका एक जना पक्राउ परेका छन् । शनिबार साढे पाँच बजे महानगरीय अपराध महाशाखा, टेकूले तार्केश्वर नगरपालिका ५ बस्दै आएका ३६ वर्षीय सौजन तामाङलाई ललितपुरस्थित जावलाखेलबाट पक्राउ गरेको हो ।

बैंकको मुख्य कार्यालय र शाखा कार्यालय न्यूरोडको वित्तीय प्रणाली ह्याक गरी विभिन्न व्यक्तिहरुको खातामा रकमान्तर गरी तामाङसहितको समूहले भुक्तानी लिएका थिए ।

यसरी रकमान्तर गरी बैंकलाई हानी पुर्‍याएको अभियोगमा यसअघि २१ जनालाई पक्राउ गरी कारबाही गरिसकेको महाशाखाका एसपी इश्वर कार्कीले बताउनुभयो ।

प्रणाली ह्याक गरी विभिन्न व्यक्तिका नाममा रकमान्तर गर्ने तीन जनालाई प्रहरीले गत असोजमा पक्राउ गरेको थियो । यसअघि पक्राउ पर्नेमा श्रवन कुमार श्रेष्ठ, सुनिता श्रेष्ठ र शुभशंकर पन्जा छन् ।

गत असोज ७ गते न्यूरोड शाखाबाट सुनिता श्रेष्ठको खातामा जम्मा ४९ लाख ५० हजार रकमान्तर भएकोमा ९ लाख ५० हजार भुक्तानी भएको थियो । बाँकी रकममध्ये श्रवन कुमार श्रेष्ठको खातामा रकमान्तर गर्न २० लाखको चेक पेश भएको थियो ।

यसमै शंका लागेर सिस्टम चेक गर्दा एउटा समूहले बैंकको मौज्दातबाट विभिन्न मितिमा सिस्टम ह्याक गरी ४ करोड ८८ लाख ४६ हजार रकमान्तर गरी भुक्तानी लिएको खुलेको थियो ।

यसका मुख्य योजनाकार अफ्रिकन मूलका नागरिक पिटर रहेको प्रहरीले बताउँदै आएको छ । मुम्बईमा बसेर उनले कृषि विकास बैंकको सिस्टम ह्याक गरी रकम विभिन्न व्यक्तिको खातामा पुर्‍याएर निकालेको प्रहरीको भनाइ छ ।

Previous articleपहिरोमा पुरिएर चार महिने बालकको मृत्यु
Next articleतुलसीपुर कारागारमा एक जना कैदीको मृत्यु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here