दुई लाख २५ रुपैंयासहित दश जुवाडे पक्राउ

दाङ । प्रहरीले दुई लाख २५ हजार रकमसहित दश जुवाडेलाई पक्राउ गरेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं ७ नयाँ बस्ती निवासी प्रेम सुनारको घरमा छापा हान्दा प्रहरीले दुई लाख २५ हजार नगदसहित दश जुवाडेलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा घरधनी ३६ वर्षीय प्रेम सुनार, सोही ठाउँका २३ वर्षीय रमेश नेपाली, ३९ वर्षीय धनेश्वर नेपाली, ३६ वर्षीय खिमबहादुर सुनार, २७ वर्षीय सन्तोष नेपाली, ३४ वर्षीय निराजन तिवारी, ३८ वर्षीय शिवकुरमा स्वर्णकार, तुलसीपुर ५ का ३८ वर्षीय टेकबहादुर विश्वकर्मा, तुलसीपुर ८ का ३७ वर्षीय शोभाराम सुनार र सोही ठाउँका ३९ वर्षीय टेकबहादुर सुनार रहेका छन् ।

जुवा खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा गए राति पौने ९ बजेतिर सुनारको घरमा छापा मार्दा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रबक्ता प्रहरी निरिक्षक चक्रडम्मर पाललले जानकारी दिनुभयो ।

उनीहरुको साथबाट चार गड्डी तास समेत बरामद भएको छ । पक्राउ परेका सबैलाई इप्रका तुलसीपुरमा राखिएको र उनीहरुलाई जुवा ऐन अन्तरगत मुद्दा चलाएर कारवाही हुने प्रहरीले बताएको छ । सेतोपाटी

Previous articleतुलसीपुर कारागारमा एक जना कैदीको मृत्यु
Next articleएसइईको नतिजा साउन १५ मा प्रकाशन गर्ने बोर्डको तयारी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here