डाकटर सहित भेरी अस्पतालका ७३ जनामा कोरोना संक्रमण

नेपालगञ्ज । पश्चिम नेपालको रेफरल सेन्टरका रुपमा रहेको भेरी अस्पतालका ७३ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको छ । कोभिड-१९ को दोश्रो लहरसँगै अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीमा पनि यसको संक्रमण उल्लेख्य रुपमा देखा परेको हो ।

अस्पतालका अनुसार बैशाख १ गते यता ७३ जना कर्मचारीमा यसको संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेहरुमा सबैभन्दा बढि महिलाको संख्या रहेको छ । ४४ महिला अर्थात ६० दशमल ३ प्रतिशत र २९ जना पुरुष अर्थात ३९ दशमलव ७ प्रतिशत रहेका छन् ।

अस्पतालले जनाए अनुसार ११ प्रतिशत चिकित्सकहरुमा कोरोना संक्रमण देखिएको छ । जसमा ८ जना डाक्टरहरु छन् । त्यस्तै ११ प्रतिशत नै पारामेडिक्स रहेका छन् । जसमा ८ जना छन् ।

यस्तै ४५ दशमलव २ प्रतिशत नर्सिङ कर्मचारीहरुमा कोरोनाको संक्रमण देखिएको छ जसमा ३३ जना छन् भने सहायक कर्मचारीहरु (क्लिनर, हेल्पर आदि) २२ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै २ दशमलव ७ प्रतिशत प्रशासन सम्बद्धका कर्मचारीहरु छन् । जसमा २ जना कर्मचारीमा दखिएको छ । कोरोनाको दोस्रो लहरमा अहिले जिल्लाका धेरै जसो व्यक्तिहरुमा कोरोना देखिन थालेको छ । भेरी अस्पतालकै प्रयोगशालामार्फत दैनिक रुपमा तीन सय जनाको हाराहारीमा कोरोना संक्रमण पुष्टि हुने गरेको छ ।

जिल्लामा कोरोनाका बिरामीलाई उपचार गर्ने बेड तथा अन्य भौतिक पुर्वधारहरुको अभाव भएपछि केहीदिनदेखि यहाँका पालिकाहरुले आइसोलेशन निर्माण कार्यत्रलाई तिब्र बनाएका छन् । जिल्लाको सबैभन्दा बढि प्रभावित नेपालगञ्जमा बिरामीलाई उपचार गर्न सहज होस भन्नका लागि रामलीला मैदानमा नेपालगञ्ज उपमहानगरपालिकाले ५० बेडको आइसोलेशन केन्द्र निर्माण कार्य जारी राखेको नेपालगञ्जकी उपमेयर उमा थापा मगरले जानकारी दिनुभयो ।

Previous articleनेपालगन्जमा ५० बेडको आईशोलेशन केन्द्र तयार हुँदै
Next articleनेपालगञ्जमा अक्सिजन सहितकाे काेभिड वार्ड तयार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here