नेपालगञ्जमा अक्सिजन सहितकाे काेभिड वार्ड तयार

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले रामलिला मैदानस्थित तालिम केन्द्रमा ५० शैय्याको अक्सिजन सहितको आइसोलेसन केन्द्र तयार पारेको छ ।

कार्यबाहक नगर प्रमुख उमा थापा मगरका अनुसार, बिहिवारदेखि कोभिडका विरामीहरुको उपचार शुरु गर्ने गरि आईसोलेसन केन्द्र तयार पारिएको हाे ।

भेरी अस्पतालको प्रत्यक्ष निगरानीमा उपमहानगरपालिकाले आइसोलेसन वार्ड सञ्चालन गर्न लागेको कार्यबाहक नगर प्रमुख थापा मगरले जानकारी दिनुभयो ।

बुधबार कार्यबाहक नगर प्रमुख थापा मगर, वडा नम्बर २ का वडा अध्यक्ष सुनील सिंह हमाल,भेरी अस्पताल नेपालगञ्जका प्रमुख डा. प्रकाश थापा र डा. बद्री चापागाईले आईसोलेसन वार्डको अनूगमन गर्नुभएको छ ।

अनूगमनपछि डा. थापाले आईसोलेसन वार्ड, सुविधा सम्पन्न रहेको भन्दै यसबाट भेरी अस्पतालमा विरामीको चाप कम गर्न समेत सहज हुने बताउनुभयो ।

भेरी अस्पताल र उपमहानगरपालिकाले तयार गरेको आईसोलेसन वार्ड नजिकै रहेको भन्दै डा.थापाले भेरी अस्पतालबाट चिकित्सकको सहयोग हुने बताउनुभयो । उपमहानगरपालिकाले आइसोलेसन वार्ड सञ्चालन गरेपछि भेरी अस्पतालमा विरामीको चाप कम हुनेछ ।

नेपालगञ्ज उपमहानगरपालिकाले सामान्य विरामीका लागि ह्वाईट हाउसमा समेत आइसोलेसन वार्ड सञ्चालन गरिरहेको छ ।

आईसोलेसन वार्ड तयार गरेको उपमहानगरपालिकाले कोरोना परीक्षणका लागि स्वाव संकलन कार्य समेत सुरु गरेको छ ।

Previous articleडाकटर सहित भेरी अस्पतालका ७३ जनामा कोरोना संक्रमण
Next articleसामाजिक संजालबाट शुरू अभियानमार्फत भेरीलाई आवश्यक सामाग्री सहयाेग

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here