
नेपालगन्ज । काेराेना महामारीले अस्पतालमा उपचार कार्यमा अवराेध आएपछि जिल्लामा शुरू भएकाे सहयाेग अभियान मार्फत बुधबार अस्पताललाई आवश्यक सामाग्री सहयाेग हस्तान्तरण गरिएको छ ।
काेराेनाकाे दाेस्राे लहर शुरू भएपछि जिल्लामा संक्रमितकाे संख्या ह्वात्तै बढेका कारण भेरी अस्पतालमा रहेकाे काेभिड वार्डमार्फत प्रदान गरिने उपचार कार्यमा असहजाता सृजना भएकाे थियोे ।
जसका कारण संक्रमितलाई राख्ने बेड, अक्सिजन अभाव र अस्पतालमा पिपिई सेट अभावले बिरामीलाई उपचार प्रदान गर्न अस्पताललाई समस्या भएकाे थियाे र सहयाेगका लागि अपिल पनि गरेकाे थियाे ।
अस्पतालकाे अपिल र काेराेनाका बिरामीकाे बृद्वि दरले बिरामीलाई उपचार प्रदान गर्न समस्या नहाेस भन्नका लागि नेपालगन्जका युवा हेमन्तराज काफ्ले र प्रकाश कुवँरले अस्पताललाई सहयाेग अभियान शुरू गर्नुभएको थियाे ।
सामाजिक संजालबाट शुरू भएकाे अभियानलाई टढा टाढाका व्यक्तिहरूले सहयाेग गर्नुभएकाे अभियान्ता काफ्लेले जानकारी दिनुभयाे ।
एक हजार, अस्पताल अभियानका लागि, म एक नागरिक हो, मेरो नि आफ्नो जिम्मेवारी छ, सरकार दबाब अभियानमा १ सय ८८ जनाले सहयाेग उपलब्ध गराएका छन् । कतिपयले गोप्य दान गर्नुभएको छ ।
अस्पताललाई सहयोग अभियान अन्तर्गत जम्मा संकलित ५ लाख ७ हजार ३ सय रकमले १०० थान पिपिई र २० वटा अक्सोमिटर अस्पतालका अध्यक्ष प्रमाेद धिताललाई बुधबार हस्तान्तरण गरिएकाे छ । बाँकी ३०० थान पिपिई हस्तान्तरण गर्न भने बाँकी छ ।





