डुडुवामा सुविधा सम्पन्न १६ सैययाको आइसोलेशन वार्ड निमार्ण

डुडुवा । बाँके डुडुवा गाउँपालिकाले वडा नंं–१ सन्तलिया गाउँस्थित बहुउद्देशिय भवनलाई १६ सैययाको अक्सिजनसहितको आइसोलेसन केन्द्र तयार पारेको छ । कोभिडको संक्रमणबाट गम्भीर विरामीहरुको उपचार सुरु गर्ने गरि आईसोलेसन केन्द्र तयार पारिएको हो ।

आइसोलेशन वार्डमा अक्सिजन, अक्सिजन सक्सन कन्सन्टे«ड, अक्सिजन ऐलीडन्ट सक्सन मेसिन, अक्सीमिटर, स्वास्थ्य सरसफाईका सामाग्रीसहितको सुविधा सम्पन्न वार्ड तयार गरिएको स्वास्थ्य शाखा संयोजक धनबहादुर बुढाले बताउनुभयो । उहाँका अनुसार गाउपालिकाभित्र कोभिड संक्रमणका विरामीलाई राखेर उपचार गरिनेछ भने उपचारका क्रममा विरामीलाई साह्रै अप्ठयारो भएमा एम्बुलेन्समार्फत भेरी अस्पताल रिफर गरिनेछ ।

कोरोना संक्रमितहरु अहिले होम आइसोलेसनमा रहेका छन । उनीहरुको स्वास्थ्य अवस्था बारे जानकारीका लागि स्वास्थ्यकर्मीद्धारा फोन र अनुगमन गर्ने कार्य भइरहेको छ । गाउँपालिकाले पिसिआर जाँचका लागि वार्ड नंं २ स्थित बेतहनी स्वास्थ्य चौकीमा स्वाब संकलन गरिरहेको छ ।

कोरोना संक्रमित विरामीहरुको उपचार सेवाका लागि स्वास्थ्यकर्मी, औषधी, आइसोलेसन वार्ड, स्वाब संकलन, हेल्थ डेक्स, एम्बुलेन्स लगायतका सेवा दिइरहेको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो ।

कोरोनाको दोस्रो लहरबाट बच्न सबैले विशेष सावधानी अपनाई स्वास्थ्य सुरक्षाका सामाग्री अपनाएर घरभित्रै बस्न अध्यक्ष चौधरीले आग्रह गर्नुभएको छ । गाउँपालिकाले सिमानाका अन्र्तगत तीन वटा स्थानमा हेल्थ डेक्सको स्थापना गरि आवतजावत गर्ने नागरिकहरुको स्वास्थ्य परिक्षण गरिरहेको छ ।

Previous articleसिरोहियाद्धारा आइसोलेशन केन्द्रलाई सहयोग
Next articleबाँकेमा ‘तपाईको माक्स खै’ अभियान शुरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here