
नेपालगञ्ज । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको चिकित्सक सतिहको एक टोली भेरी अस्पतालको कोभिड वार्डमा सहयोग गर्न नेपालगन्ज आइपुगेको छ ।
प्रतिष्ठानका एनेस्थेसिया तथा क्रिटिकल केयर विभाग प्रमुख डा. प्रविण गिरी नेतृत्वको चिकित्सक तथा स्वास्थ्यकर्मीको ६ सदस्यीय टोली नेपालगन्ज आइपुगेको हो । टोलीमा डा.अरुण श्रेष्ठ, डा.हरि न्यौपाने, नर्सहरु सुष्मिता खड्का, तेन्जीङ लामा र प्यारामेडिक्स नरेन्द्र शर्मा रहनुभएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आग्रह गरेपछि प्रतिष्ठानका ६ जना चिकित्सक र स्वास्थ्यकर्मीको टोली भेरी अस्पतालमा खटिने भएको हो । टोली आइतबारदेखि नै बिरामीको उपचारमा खटिने भएको छ ।





