
नेपालगञ्ज । नेपालगञ्जमा अनावश्यक रुपमा बजार डुल्नेहरुलाई प्रहरीले कडाई गर्न शुरु गरेको छ । लकडाउनका बेला बजारमा धेरै मानिसहरुको अनावश्यक आवत जावत बढेपछि प्रहरीले कडाई शुरु गरेको हो ।
बजारमा भिडभाड बढेपछि प्रहरीले कडाई स्वरुप होल्ड गर्ने गरेको छ । वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रमुख प्रहरी निरीक्षक डिल्ली बहादुर खडकाले मानिसहरुले अनावश्यक भिडभाड गर्न थालेपछि कडाई शुरु गरिएको जानकारी दिनुभयो ।
कडाई स्वरुप प्रहरीले नेपालगञ्जका बिभिन्न चोकमा आइतबार भेटिइएकाहरुलाई ४५ मिनेट जति होल्ड गरिएको छ । जिल्लाभरी नै लकडाउन भएपनि बाटोहरुमा मानिसहरुको अनावश्यक चहलपहल देखिन्छ ।
प्रहरी निरीक्षक खडका अनुसार आइतबार बिहानदेखि नेपालगञ्जका बिभिन्न चोकहरुमा प्रहरी कडाईका साथ प्रस्तुत भएको छ । मानिसहरुको चहलपहल यस्तै देखिए भोलिबाट करवाही स्वरुप अन्य कदम उठाइने प्रहरी निरीक्षक खडकाले बताउनुभयो ।








