लुम्बिनी प्रदेशमा एमालेका तीन जना सांसदद्धारा राजीनामा

बुटवल । लुम्बिनी प्रदेशमा शंकर पोखरेल पुन मुख्यमन्त्री नियुक्त भएपछि नेकपा एमालेका तीन जना सांसदले राजीनामा दिएका छन् । उनीहरूले असन्तुष्टि जनाउँदै आइतबार पदबाट राजीनामा दिएका हुन् ।

कपिलवस्तु क्षेत्र नम्बर १ (क) बाट निर्वाचित दुगनारायण पाण्डेय, कपिलवस्तु क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित धर्म बहादुरलाल श्रीवास्तव र नवलपरासी पश्चिमका अजय शाहीले राजीनामा दिनुभएको हो ।

आफूहरूले राजीनामा पत्र प्रदेश सभा सचिवालयमा पठाइसकेको सांसद पाण्डेयले बताउनुभयो । त्यस्तै बिहान मात्रै विमला वलीले पनि एमाले छोडेर माओवादी केन्द्र प्रवेश गरिसक्नुभएको छ ।

Previous articleअनावश्यक बाहिर निस्कदै हुनुहुन्छ ? कारवाही भोग्नुपर्ला ! (फोटो फिचर)
Next articleनेपालगञ्ज ४ मा १० शैय्या अक्सिजनसहितको आइसोलेशन सेन्टर संचालन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here