नेपालगञ्ज ८ मा कर्म काण्डका लागि संरचना निर्माण हुँदै

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा नं ८ मा हिन्दु सामुहिक कर्म काण्डका लागि भवन निर्माण भइरहेको छ । हिन्दु कर्म काण्डका लागि वडाका स्थानीयले गरेपछि रंगशाला जाने बाटोमा भवन निर्माण भइरहेको हो ।

वडा नम्ब ८ को कार्यालयको आर्थिक सहयोगमा भवन निर्माण भइरहेको वडा सदस्य निखिल कसौंधनले बताउनुभयो । दुई वटा स्नान भवन, महिला पुरुष वा अन्तेष्ठी पश्चात् गरिने कर्म काण्डका लागि पीपल बोटको फेदमा मार्वल आदि लगाइने छ ।

कपाल खौरिने स्थल, विद्युत, पानी तान्न मोटरसहितको स्नान गृह महिला र पुरुषहरूको लागि छुट्टा छुट्टै निर्माण हुन लागेको जनाइएको छ । भवन तथा अन्य संरचनाको निर्माण कार्य छिटोभन्दा छिटो सक्ने पनि सदस्य कसौंधनले बताउनुभयो ।

Previous articleखुल्ला क्षेत्रबाट भारत जाने-आउने क्रम निरन्तर !
Next articleसर्वसाधारणको लापरवाहीका कारण कोरोना फैलिएको प्रधानमन्त्री ओलीको आरोप

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here