
नेपालगञ्ज । भेरी अस्पतालमा उपचारार्थ कोभिड विरामीलाई पौष्टिक आहार सेवा सुरू गरिएको छ । द्धन्द्ध पीडित तथा एकल महिला संजाल बाँकेले नेपाल मेडीकल एशोसीयशनसँगको सहकार्यमा आइतबारबाट कोभिड संक्रमीतहरुका लागि अण्डा लगायतको दैनिक आहार व्यवस्था गरेको हो ।
हरेक विपत्तिको साथीः WHR- मानव अधिकारका लागि एकल महिला समूह छहारी भन्ने मुल नारासहित नेपालगञ्ज उपमहानगरपालिका उप प्रमुख उमा थापाको उपस्थितिमा उक्त सेवा सुरू गरिएको हो ।
हाल दुई सय ५० विरामीका लागि दैनिक दुई सय ५० वटा अण्डा उपलव्ध गराइने द्धन्द्ध पीडित तथा एकल महिला संजाल बाँके अध्यक्ष जयन्ती केसीले जानकारी दिनुभयो ।
उपप्रमुख थापामगरले द्धन्द्धपीडित महिलाहरुले संक्रमीत विरामीहरुका लागि गर्नु भएको पौष्टिक आहार सेवाले विरामीको आत्मबल बृद्धिसँगै अन्यलाई पनि मानवीय सेवा गर्नुपर्छ भन्ने सन्देश दिने विश्वास व्यक्त गर्नुभयो ।
मानव अधिकारका लागि एकल महिला समूह केन्द्रीय उपाध्यक्ष शोभा वीसीले अभियानका रुपमा यसलाई शुरुवात गरिएपनि सबैलाई यसमा हातेमालो गर्न पनि आहवान गर्नुभयो । आवश्यक्ताका आधारमा थप आहार उपलव्ध गराउन सकिने पनि जनाइएको छ ।





