
नेपालगञ्ज । बाँके बर्दिया मैत्री समाज जापान र गैर आवासीय नेपाली संघ जापानले भेरी अस्पताल नेपालगञ्जलाई साढे पाँच लाख रकम सहयोग गरेको छ ।
कोरोना भाइरसका बिरामीहरुको उपचारका लागि समाजले आइतबार बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालमार्फत भेरीलाई ५ लाख ४६ हजार ८ सय ५८ रुपैया नगद सहयोग गरेको हो ।
सहयोग रकम हस्तान्त्रणमा बर्दियाको मधुवन नगरपालिकाका मेयर कृष्ण केसी, खजुरा गाउँपालिका अध्यक्ष किस्मत कुमार कक्षपति, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारी, बाँके बर्दिया मैत्री समाजका सल्लाहकार ओम प्रकाश देवकोटा र पत्रकार टिएस ठकुरीको उपस्थिति रहेको थियो ।
कोरोना भाइरसले निम्ताएको महामारी नियन्त्रणका लागि सहयोग गर्न पाउँदा NRNA जापानका महासचिव जनक बिक्रम शाही र अध्यक्ष अर्जुन थापा खुशी भएको समाज, जापानका निबर्तमान अध्यक्ष तथा राहत कार्यक्रम संयोजक शुशील मल्लले जानकारी दिनुभयो ।





